- दुइटा आँखा तिन खुट्टा कुददा भट्भट पादने गज्जब दौडिन्छ नलगाई जुत्ता कहिले नथाक्ने के हो?
- अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने के हो?
- एक खुट्टे धामी थरथरी कामी के हो?
- धार्नी न बिसौली दुई हातले उचाली के हो?
- नौ तले घरको झ्याल न ढोका, के हो?
- नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी के हो?
- यहाँ नाई त्यहाँ नाई बनियाँको बजारमा नाई, खोजि गए पाईदैन आईगए चाईदैन के हो?
- लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी के हो?
- लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी के हो?
- सेती गाई पानी खान गई फर्केर आउँदा राती भई के हो?
- हस्तबीरले सिंगबीरलाई पछार्यो के हो?
- लाटोले बाटोमा फाल्छ, बाठोले खल्तिमा हाल्छ के हो?
- चाँदीको ठेकी स्याउलाको बिर्को के हो?
- आफू छ काली, नाम भने राती के हो?
- महिनाभरि झुन्डिएर बस्छ, फेरिएपछि अनुहार फेर्छ, के हो?
- जति तान्यो त्यति छोटो हुने, के हो?
उत्तरको लागी कमेन्टमा हेर्नु होला ।
उत्तर
ReplyDelete१ टेम्पो २ हुक्का तानेको ३ जूको ४ टोपी ५ बाँस ६ जून र तारा ७ भुँईचालो ८ खुर्सानी ९ जुम्रा मारेको १० सेलरोटी पकाएको ११ सिँगान फ्याँकेको १२ रुमालले सिँगान पुछेको १३ मूला १४ रात (राति) १५ भित्ते पात्रो १६ चुरोट